भूकम्प आएमा के गर्ने ?
भूकम्पअघि
- कार्यालय वा घरको प्रत्येक कोठा/तल्लामा भार वहन गर्ने बीम, खम्बा वा पर्खालको तल वा छेउमा सुरक्षित स्थान पहिचान गर्नुहोस्।
- तपाईंमाथि खस्न सक्ने वा सुरक्षित स्थान वा आपतकालीन निस्कने बाटो छेक्न सक्ने भारी सामानहरू हटाउनुहोस् वा सुरक्षित राख्नुहोस्। बाटो फर्निचर वा अन्य सामान पन्छाइ खाली राख्नुहोस्।
- आपतकालीन किट ('झटपट झोला' अर्थात् Go Bag) तयार राख्नुहोस् (टर्च, अतिरिक्त ब्याट्री, आपतकालीन उपकरण, प्राथमिक उपचार सामग्री, खाना र पानी आदि)।
- आपतकालीन सम्पर्क नम्बरहरू तयार राख्नुहोस् र सुरक्षित स्थानमा लेखेर राख्नुहोस्।
- परिवारका सदस्यहरूसँगै प्रत्येक सुरक्षित स्थानमा भूकम्प अभ्यास गर्नुहोस्।
भूकम्पको समयमा
- झुक्नुहोस्, ढाक्नुहोस्, समात्नुहोस् (DROP-COVER-HOLD ON)
- ढाक्न सम्भव नभएमा, झ्याल, शेल्फ वा खस्न सक्ने फर्निचरबाट टाढा, भार वहन गर्ने खम्बा वा पर्खालको छेउमा बस्नुहोस्।
- भवनबाट बाहिर जान निर्देशन नआएसम्म भित्रै बस्नुहोस्। छत, पर्खाल वा पर्खालका सामान खस्न सक्ने भएकाले सावधान रहनुहोस्।
- लिफ्टको सट्टा आपतकालीन सिँढी प्रयोग गर्नुहोस्।
भूकम्पपछि
- पराकम्पनको ख्याल गर्नुहोस्।
- कार्यालयमा हुनुहुन्छ भने Assembly Point मा जानुहोस् ।
- आगलागीको जोखिम: ग्यास चुहावट र बिग्रिएको इलेक्ट्रोनिक सॉकेट जाँच गर्नुहोस्।
- कमजोर पर्खाल, झुन्डिएको र भाँचिएको रुखका हाँगा, विद्युत तार आदि जस्ता वस्तुहरूबाट सावधान रहनुहोस्।
- पर्खालमा चिरा जाँच्दै क्षतिको मूल्यांकन गर्नुहोस् र रिपोर्ट गर्नुहोस्।
- फोन केवल स्वास्थ्य वा आगलागी आपतकालीनका लागि मात्र प्रयोग गर्नुहोस् (लाइन व्यस्त नराख्नुहोस्)।
- भूकम्पसम्बन्धी समाचार अपडेट र सम्बन्धित निकायबाट सुरक्षा सल्लाह सुन्नुहोस्।
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)