U‑Report के हो ? यसमा कसरी सामेल हुने ?

U‑Report के हो?

U‑Report एक नि:शुल्क अनलाइन प्लेटफर्म हो, जहाँ युवाहरूले आफूलाई महत्वपूर्ण लागेका कुरा, आफ्ना विचार राख्न सक्छन्।

U‑Report तपाईंका लागि हो। यसमा सहभागी भएपछि तपाईंले आफ्नो समुदायका समस्याहरू र अनुभवहरू अन्य युवाहरू, नीति बनाउने व्यक्ति, युनिसेफ र साझेदारहरूसँग साझा गर्न सक्नुहुन्छ । यसरी तपाईं परिवर्तन ल्याउने सकारात्मक भूमिकामा योगदान दिन सक्नुहुन्छ।

U Report Nepal

आजै U‑Report नेपालमा सामेल हुनुहोस् ! किनभने तपाईँको आवाजले महत्व राख्छ ! !

U-रिपोर्ट नेपालमा कसरी सामेल हुने?

तपाईं 3 सरल चरणहरूमा एसएमएस गरी, फेसबुक मेसेन्जर, व्हाट्सएप वा भाइबर मार्फत U-Report सामेल हुन सक्नुहुन्छ।

चरण १: "JOIN" टाइप गरी तलका नम्बर वा लिंकमार्फत पठाउनुहोस् ।

SMS: 34400
WhatsApp: +9779851239024
Facebook Messenger: m.me/UReportNPL
Viber: https://tinyurl.com/y3yxx98j

अथवा

तलका लिंकबाट U-Report App डाउनलोड गरी सर्भेमा भाग लिनुहोस् ।

Google Play

Apple

चरण २: “JOIN” पठाएपछि तपाईंबारे केही सामान्य प्रश्नहरू आउनेछन्। ती प्रश्नहरूको सजिलो उत्तर दिएपछि तपाईंको दर्ता पूरा हुन्छ।

चरण ३: तपाईंले आफ्नाबारेका प्रश्नहरूको उत्तर दिएपछि तपाईंलाई बधाई सन्देश प्राप्त हुनेछ।

चरण ४: एक सहभागी (U‑Reporter)को रूपमा तपाईंलाई आफ्ना विचारहरू सोधिनेछन् र तपाईं तथा तपाईंको समुदायका लागि राम्रो निर्णय लिन मद्दत गर्ने उपयोगी जानकारी पनि प्राप्त हुनेछ।

U‑Report सम्बन्धी जानकारीको लागि U‑Report नेपालको बेवसाइटको लिंक यहाँ क्लिक गर्नुहोस् ।

अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications