Photo_video standards

फोटो तथा भिडिओसम्बन्धी मापदण्ड

विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३

दफा ४. फोटो तथा भिडिओसम्बन्धी मापदण्ड

(१) सामान्यतः सम्प्रेषण गर्न नहुने सामग्री

देहायका फोटो तथा भिडिओ सामान्यतः प्रकाशन वा प्रसारण गर्नुहुँदैन:

(क) क्षतविक्षत शव वा शरीरका अङ्ग स्पष्ट देखिने दृश्य,

(ख) अत्यधिक रक्ताम्य वा बीभत्स दृश्य,

(ग) मृतकको अनुहार अनावश्यक रूपमा स्पष्ट देखिने दृश्य,

(घ) गम्भीर घाइते व्यक्ति पीडाले छटपटाइरहेको क्लोजअप,

(ङ) मृतकका आफन्त वा बालबालिकाको अत्यन्त निजी शोकलाई सनसनीपूर्ण रूपमा देखाउने दृश्य,

(च) उद्धार वा उपचारका क्रममा व्यक्तिको मर्यादा वा गोपनीयतामा आँच पुग्ने दृश्य,

(छ) शव निकाल्ने वा मृत शरीर व्यवस्थापन गर्ने प्रक्रियाको अनावश्यक क्लोजअप।

प्रेस काउन्सिल नेपाल

अघिल्लो

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications