सूचना सही हो कि गलत भनेर कसरी थाहा पाउने?

20260901_150549

भिडियो वा सूचना सही हो कि गलत? यसरी छुट्याऔं।

१. स्रोत हेर्नुहोस्

सूचना कसले प्रकाशित गरेको हो?
सरकार, सम्बन्धित स्थानीय तह वा विश्वसनीय सञ्चारमाध्यमको आधिकारिक स्रोत हो कि होइन जाँचौं।

२. मिति जाँचौं

पोस्ट/भिडियो कहिलेको हो हेर्नुहोस्।
मिति नदेखिएमा Comment Section हेर्नुहोस्। त्यहाँका प्रतिक्रियाबाट भिडियो/पोस्ट पुरानो हो कि नयाँ भन्ने सजिलै थाहा पाउन सकिन्छ।

३. स्थान पुष्टि गर्नुहोस्

भिडियो/फोटोमा देखाइएको स्थान वास्तवमै यही घटनासँग सम्बन्धित हो?
पुरानो वा अन्य ठाउँको दृश्य हुन सक्छ।

४. अन्य विश्वसनीय स्रोतमा खोज्नुहोस्

एउटै सूचना अन्य विश्वसनीय सञ्चार माध्यम वा आधिकारिक स्रोतमा पनि छ कि छैन?

५. शंकास्पद दाबीमा विश्वास नगर्नुहोस्

“तुरुन्त शेयर गर्नुहोस्”,
“सबैलाई पठाउनुहोस्”
जस्ता दबाब दिने सन्देशप्रति सावधान रहौं।

६. शंका लागेमा शेयर नगर्नुहोस्

पुष्टि नभएको सूचना नफैलाऔं।
पहिले जाँचौं, त्यसपछि मात्र साझा गरौं।

अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications