Water Purification poster

पानी शुद्धिकरण गर्ने विधिहरू

भूकम्प पछि खानेपानीका स्रोत वा खानेपानी दूषित हुने सम्भावना बढी हुने हुनाले पानीलाई शुद्धिकरण गरेर मात्र पिउने । पानीलाई घरमा वा अस्थायी बसोबास भएको ठाउँमा सजिलै शुद्धिकरण गर्न सकिन्छ ।

१. क्लोरिनेसन

पियुष वा अवट्याब्स राखेर पानीलाई शुद्धिकरण गर्ने

क) पियुष (६० मि.लि.): एक लिटर पानीमा ३ थोपा क्लोरिन घोल हाल्ने ।

ख) पियुष (२४० मि.लि.): १० लिटर पानीमा बिकोको तल्लो धर्को र १५ लिटर पानीमा बिकोको माथिल्लो धर्कोसम्म क्लोरिन घोल हालेर चलाउने ।

ग) अवट्याब्स: ५ लिटर पानीमा एक चक्की अवट्याब्स हाल्ने ।

* क्लोरिन हालेको आधा घण्टा पछि मात्र पानी प्रयोग गर्नुहोस् ।

२. उमाल्ने

  • पानीलाई एक छिनको उमालेर मात्र पिउने ।
  • पानी धमिलो भएमा पानीलाई थिगारेर छानेर मात्र उमाल्नुपर्छ ।

३. फिल्टर

स्यान्डल फिल्टर:

यस फिल्टरले धमिलोपना र केही मात्रामा कीटाणु हटाउँछ ।

कोलोइडल फिल्टर:

यस फिल्टरका च्याम्बरमा चाँदी लेपन गरिएको हुन्छ जसले सूक्ष्म जीवाणुहरूलाई नष्ट गर्छ ।

कञ्चन आर्सेनिक फिल्टर:

यसले पानीमा भएको आर्सेनिकको साथै धमिलोपना, सूक्ष्म जीवाणु र आइरन समेत हटाउँछ ।

(चित्रमा उल्लेखित:)

  • स्यान्डल फिल्टर
  • कोलोइडल फिल्टर
  • कञ्चन आर्सेनिक फिल्टर

महत्वपूर्ण सन्देश

उमालेको वा क्लोरिनेसन गरेको पानीलाई पुनः दूषित हुन नदिन छोपेर राख्ने ।

तल्लो भागमा रहेका संस्थाहरू

  • नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग
  • UNICEF
  • WASH Cluster Nepal
  • नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र
अघिल्लो अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications