विपद्को समयमा खानेपानी तथा सरसफाईमा विशेष ध्यान दिऔँ
- क्लोरिन ठेल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धिकरण गरेको पानी मात्र पिऔँ।
• शुद्धिकरण गरेको पानी सधैं सफा भाँडामा छोपेर राखौँ।
• पानी निकाल्ने भाँडा सधैं सफा राखौँ।
• सडेगलेका, बासी र झिंगा भन्केका खाने कुराहरू नखाऔँ।
• काँक्रो, गाजर, फलफूल जस्ता काँचै खान मिल्ने खानेकुरा सधैं सफा पानीले धोएर खाने गरौँ। - खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैं साबुनपानीले मिचिमिचि हात धोऔँ।
• जथाभावी दिसा पिसाब नगरौँ र नगराऔँ।
• चर्पीमा मात्र दिसा पिसाब गर्ने गरौँ र बच्चाको दिसालाई पनि चर्पीमै विसर्जन गरौँ। - फोहोरलाई सधैं निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गरौँ।
• खोकी्दा, हाछ्युँ गर्दा सफा कपडाले नाक मुख छोप्ने गरौँ।
• झाडापखाला, हैजा, आँउ, निमोनिया, रुघा खोकी तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)