आपतकालीन अवस्थामा के गर्ने ?
- सर्पले टोकेको व्यक्तिलाई शान्त राख्नुहोस्। आत्तिनु हुँदैन।
- व्यक्तिलाई पल्टाउनुहोस्, र टोकेको अंग नचलाउने प्रयास गर्नुहोस्। कसिएको कपडा वा गहना लाई खुकुलो पार्नुहोस्।
- घाउ भएको स्थानमा छुनु हुँदन। घरेलु उपचार प्रयोग नगर्नुहोस् र टोकेको ठाउँमा काट्ने, पोल्ने र चुस्ने नगर्नुहोस्।
- सर्पले टोकेको व्यक्तिलाई केहि खान-पिन नदिनुहोस्।
- तल दिएको नम्बर मध्ये, तपाईको नजिकको एन्टिभेनम केन्द्र पत्ता लगाउनुहोस्। उनीहरूलाई फोन गरेर सोध्नुहोस्- "के एन्टिभेनम सिरम उपलब्ध छ? के स्वास्थ्यकर्मी उपलब्ध छन्?" भन्नुहोस् कि तपाईं बिरामी लिएर त्यहाँ जाँदे हुनुहुन्छ।
- जति सक्दो चाँडो सर्पदंश पीडितलाई स्वास्थ्य संस्थामा लैजानुहोस्।
- यदि मोटरसाइकल उपलब्ध छ भने- पीडितलाई चालक र पछाडि बस्ने व्यक्तिबीच सुरक्षित रूपमा राख्नुहोस्। सम्झनुहोस्: "सर्पले टोकेको - मोटरसाइकल समाएको - उपचार केन्द्र पुगेको – ज्यान बचाएको!"
- यदि यातायातको साधन उपलब्ध छैन भने: वेबसाइटमा हेरेर तपाईलाई फोनमार्फत सल्लाह दिनसक्ने स्वास्थ्यकर्मीको नम्बर खोज्नुहोस्।
- मरेको सर्पप्रति पनि होसियार रहनुहोस्। मरेको सर्पलाई समात्ने वा छोइने प्रयास नगर्नुहोस्। कहिलेकाहीं मरेपछि पनि त्यसले प्रतिबिम्ब प्रतिक्रिया (reflex action) दिई टोक्न सक्छ।
- यदि सम्भव छ भने, सर्पको फोटो खिच्नुहोस् र डाक्टरलाई देखाउनुहोस्। यसले सर्प विषालु हो वा होइन भनेर डाक्टरलाई पहिचान गर्न सजिलो बनाउँछ।
- उपलब्ध कुनै पनि यातायातको माध्यम प्रयोग गर्नुहोस्। यदि मोटरसाइकल प्रयोग भइरहेको छ भने — पीडितलाई चालक र पछाडि बस्ने व्यक्तिको बीचमा सुरक्षित रूपमा राख्नुहोस्।
- सम्झनुहोस्: "सर्पले टोकेको — मोटरसाइकलमा राखेको — उपचार केन्द्रमा पुर्याएको — जीवन बचाएको!"
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)