बालबालिकालाई जोखिमबाट जोगाऔँ (Sticker)
बालबालिकालाई जोखिमबाट जोगाऔँ
विपद्को समयमा बालबालिकामाथि उपेक्षा, बेचबिखन, यौन दुर्व्यवहार, शोषण लगायत विभिन्न जोखिम हुन सक्ने भएकाले अभिभावकहरूले विशेष ध्यान दिनु आवश्यक छ।
बालबालिकालाई आफ्नो निगरानीमा राखौं र उनीहरूलाई अभिभावकको नाम, बस्ने ठाउँ र छुट्टिएमा भेट्ने स्थान सम्झाइ राखौं। बालबालिकालाई अपरिचित व्यक्तिको जिम्मामा नछोडौं र काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाऔँ।
परिवारबाट छुट्टिएका वा साथमा कोही नभएका बालबालिका फेला परेमा स्थानीय सरकार, बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई वा निम्न निःशुल्क सम्पर्क नम्बरहरूमा खबर गर्नुहोस्।
- नेपाल प्रहरी: १००
- खोज तथा उद्धारका लागि: १०४
- बाल हेल्पलाइन: १०९८
- मानव बेचबिखन अनुसन्धान ब्युरो: ११७७
यो स्टिकर डाउनलोड गर्न यहाँ क्लिक् गर्नुहोस् ।
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)